Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   २७ बैशाख २०७९, मंगलबार


मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से ४४.१६ अङ्कले बढेर दुई हजार ३१३ विन्दुमा पुगेको छ ।

बैंकिङ २२, विकास बैंक १०३, फाइनान्स ५४, होटल तथा पर्यटन ३६, जलविद्युत् ९६, जीवन बीमा २३६, उत्पादन ६२, माइक्रोफाइनान्स ८६, निर्जीवन बीमा १२४, अन्य ३५ र ब्यापार उपसमूह सूचक १४ अंकले बढेका छन् ।

आज वरुण हाइड्रो, ङादी ग्रुप पावर, युनिभर्सल पावर र जालपा लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने सहकार्य लघुवित्त कम्पनीको सेयर साढे दुई प्रतिशतले घटेको छ । यस्तै, सबैभन्दा धेरै ङादी ग्रुप कम्पनीको नौ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज २२६ वटा कम्पनीका ३३ लाख ३० हजार कित्ता सेयर एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह