Logo

मुख्य समाचार

सामान्य अंकले उकालो लाग्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   ४ जेष्ठ २०७९, बुधबार


बुधबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । नेप्से ८.९ अंकले बढेर २ हजार २२७.४२ विन्दूमा पुगेको छ ।

आज फाइनान्स १८, जलविद्युत् ५३, अन्य १३, बैंकिङ ३ र माइक्रोफाइनान्स ०.५७, विकास बैंक ५५, होटल तथा पर्यटन ८ र लगानी ०.४९ अंकले बढेका छन् । यस्तै, ब्यापार ३, निर्जीवन बीमा ४०, उत्पादन २६ र जीवन बीमा ९८ अंकले घटेका छन् ।

यस दिन सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको सेयर ६ प्रतिशतले बढेको छ भने सूर्योदय वोमी लघुवित्त कम्पनीको सेशेयर १० प्रतिशतले घटेको छ ।

दुई सय २७ वटा कम्पनीका ३१ लाख ५६ हजार कित्ता सेयर एक अर्ब ३२ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको पाँच करोड ३८ लाख ३० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह