Logo

मुख्य समाचार

निराशाजनक शुक्रबारः पहिलो दिनको शेयर कारोबार १ अर्ब पनि पुग्न सकेन !


GDP Nepal
   ६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा लागू गरेसँगै शुक्रबार कारोबार हुन थालेको सेयर बजारमा पहिलो दिनको कारोबार भने निराशाजनक देखिएको छ ।

शुक्रबार कूल ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको शेयर किनबेच भयो । यो कारोबार औषतभन्दा निकै कम हो । अघिल्लो दिन १ अर्ब ३० करोडको कारोबार भएको तथ्यांक छ ।

नेपाल स्टक एक्सचेञ्जले जेठदेखि शुक्रबार पनि शेयर कारोबार सुरु गरेको हो । जसअनुसार पहिलो शुक्रबार धेरै लगानीकर्ता अन्योल र बिदाको मनस्थितिमा रहँदा कारोबार रकममा भारी गिरावट आएको छ ।

यस दिन २२३ कम्पनीका २५ लाख २४ हजार २६८ कित्ता किनबेच भए भने शेयर बजार परिसूचक नेप्से पनि ओरालो लागेको छ ।

नेप्से १५.८२ अंकले ओरालो लागेर २२३५.०९ बिन्दुमा रोकिएको छ भने समूहगत परिसूचकमध्ये म्युचुअल फन्डबाहेक सबै ओरालो लागेका छन् ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह