आज सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक ५० दशमलव ३३ अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव ४४ विन्दुमा झरेको छ ।
आज सबै समूह उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक ३.२२ प्रतिशतले घटेको छ ।
आज कुल दुई सय २७ कम्पनीको ३४ लाख ५६ हजार कित्ता सेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको चार करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया