Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १९ जेष्ठ २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १८.२६ अङ्कले घटेर दुई हजार ११२.४७ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूह ओरालो लागेको छ । आज बैंकिङ ११, होटल तथा पर्यटन १३, जीवन बीमा १४६, उत्पादन ४१, लघुवित्त २९, निर्जीवन बीमा १३८ र ब्यापार उपसमूह ४६, विकास बैंक १९, जलविद्युत् १३ र फाइनान्स उपसमूह ५ अंकले घटेको छ ।

सबैभन्दा धेरै बलेफी हाइड्रोको सेयर मूल्य ९.९७ प्रतिशत बढेको छ ।

बिहिबार कुल दुई सय २७ वटा कम्पनीको ३५ लाख ६६ हजार कित्ता सेयर एक अर्ब १६ करोड १५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालको १२ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह