वाणिज्य बैंकहरुले असार महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।
ब्याजदर बढाएरमात्रै निक्षेप नबढ्ने निष्कर्ष निकाल्दै बैंकहरुले निक्षेपको ब्याजदर यथावत राख्ने भएका हुन् । बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ११.०३ प्रतिशत, संस्थापक निक्षेपमा १०.०३ र रेमिट्यान्स निक्षेपमा १२.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।
वाणिज्य बैंकहरु निक्षेपको ब्याजदर नबढाउने सहमतिमा आइसके पनि बैंकर्स संघको भोलि बस्ने बैंठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया