Logo

कर्पोरेट-बजार

मणिपालमा ‘बतास’लाई युनियनको स्वागत, सिईओ र निर्देशकमा नयाँ नियुक्ति 


GDP Nepal
   १९ असार २०७९, आइतबार



पोखरा । पोखरास्थित मणिपाल मेडिकल कलेजमा लामो समयदेखि चल्दै आएको व्यवस्थापन-कर्मचारी विवाद समाधान भएको छ ।

बतास समूहले खरिद गरेको मणिपाल मेडिकल कलेजमा कार्यरत कर्मचारी र नयाँ व्यवस्थापनबीच सहमति भएसँगै आन्दोलनरत कर्मचारीहरूले बतास समूहलाई स्वागत गरेका छन् ।

भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको मणिपाल मेडिकल कलेजको स्वामित्व गत वर्ष बतास समूहले खरिद गरेको थियो ।

यसैबीच, मणिपाल मेडिकल कलेजको प्रमुख कार्यकारी अधिकृतमा अनिल ओडुविल नियुक्त भएका छन् । भारतीय नागरिक ओडुविलसँग यस क्षेत्रको १५ वर्षे अनुभव रहेको छ ।

मणिपाल कलेजको निर्देशक (गभर्नमेन्टल अफेयर)मा कृष्णमोहन श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह