Logo

कर्पोरेट-बजार

सीजीद्वारा बजेट निर्माण प्रकृयामा आफुहरुको संलग्नता पुष्टि गर्न चुनौती


GDP Nepal
   २२ असार २०७९, बुधबार


काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बजेट निर्माण प्रकृयामा चौधरी ग्रुपको कुनै संलग्नता र सरोकार नरहेको बताउदै आक्षेप लगाउनेहरूलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

बजेटका सन्दर्भमा आफ्नो ग्रुपलाई जोडेर सामाजिक सञ्जाल र केही संचारमाध्यममा आएका कुराहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै चौधरीले बजेट निर्माण प्रक्रियामा आफ्नो ग्रुपको कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पारेका छन् । सामाजिक संजाल र विभिन्न संचारमाध्यममा बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको संलग्नता रहेको भन्दै चर्चा गरिएकोमा उक्त ग्रुपको तर्फबाट प्रबन्ध निर्देशक चौधरीको उक्त खण्डन सार्वजजिक भएको हो ।

उनले आरोप लगाउनेहरुलाई त्यसको पुष्टि गर्न चुनौती दिदै भनेका छन्– ‘हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ ।’

चौधरी ग्रुप देशकै एक मात्र फोब्र्समा सुचिकृत डलर अर्वपति कम्पनी हो । ‘हामी उच्च स्तरको सुशासन र प्रतिष्ठा सहितको व्यवसायमा विश्वास गर्छौ’, चौधरी भन्छन्, ‘यदि हामीले पारदर्शीता नअपनाएको भए विश्वकै प्रतिष्ठित कम्पनीको रुपमा कसरी फोब्र्समा सुचिकृत हुन्थ्यौ होला रं ?’ शुसासन र पारदर्शितामा विश्वास गर्ने कम्पनी भएकै कारण विश्वमा प्रतिष्ठित बन्न सकेको उल्लेख गर्दै चौधरीले भनेका छन्– नेपालमा सीजी मात्रै यस्तो कम्पनी हो जसले सरकारलाई कति कर तिर्छ भनेर प्रत्येक बर्ष विवरण सार्वजनिक गर्दै आएको छ । गत आर्थिक वर्षमा मात्रै सीजीले १४ अर्व कर तिरेको जानकारी पनि उनले दिएका छन् ।

चौधरी ग्रुपको व्यवसायिक सफलताप्रति इश्र्या गर्नेहरुको सुनियोजित भ्रमबाट प्रभावित भएर नकारात्मक टिप्पणी गर्नुको साटो वास्तविकता के हो भन्ने बुझेर मात्रै टिप्पणी गर्न पनि उनले आग्रह गरेका छन् । ‘यहाँहरुलाई आवस्यक सूचना उपलब्ध गराउन हाम्रो टिम सधैव तयार छ । नियोजित रुपमा फैलाइएका भ्रमहरुको पछाडि नलागी वास्तविकता के हो भन्ने जानकारी लिनुहुन पनि म सबैमा आग्रह गर्दछु ।’

प्रबन्ध निर्देशक चौधरीले आफुहरुलाई जोडेर गरिएको गलत प्रचारको छानविन गरि सत्यतथ्य बाहिर ल्याउन पनि सम्वन्धित निकायहरुलाई आग्रह गरेका छन् । छानबिनबाट आफुहरुको संलग्नता कहिँ कतै पुष्टि भएमा कारवाही भोग्न तयार रहेको पनि उनले उल्लेख गरेका छन् । साथै आफ्नो संलग्नता पुष्टि नभएमा मिथ्या आरोप लगाउनेहरु पनि कारवाही भोग्नका लागि तयार रहनेछन् भन्ने अपेक्षा गरेको पनि उनले बताएका छन् ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह