Logo

कर्पोरेट-बजार

सिमेन्ट निकासीमा ‘ब्रेक थ्रु’, मासिक डेढ लाख बोरा तानसेन सिमेन्ट निर्यात हुने


GDP Nepal
   २६ असार २०७९, आइतबार


काठमाडौं । सरकारले प्रमुख निकासीयोग्य वस्तुको सूचीमा राखेको सिमेन्ट अन्ततः निर्यात हुन थालेको छ । गत शुक्रबारदेखि आरएमसी समुहद्वारा सञ्चालित पाल्पा सिमेन्ट उद्योगले तानसेन सिमेन्ट भारत निर्यात सुरु गरेको छ ।

पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको यस उद्योगले शुक्रबार मात्रै ३ हजार बोरा सिमेन्ट निर्यात गरेकाे हो । उद्योगले सुनौली बजारदेखि गोरखपुरसम्म एक दर्जन बढी डिलरमार्फत बिक्री सुरु गरेको छ ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा यस आरएमसी सिमेन्टका सञ्चालक राजेश अग्रवालले सिमेन्ट निकासी सुरुवातले आफु मात्रै नभएर सबै सिमेन्ट उद्योगीमा हौसला थपिएको बताए ।

“शुक्रबार ३ हजार बोरा पीपीसी सिमेन्ट निकासी भएको छ, अहिले मासिक डेढ लाख बोरा निर्यात गर्ने र पछि बजारीकरण गर्दै बढाएर लैजाने लक्ष्य छ,” उनी भन्छन्, “सरकारले सिमेन्ट निकासीमा दिने भनेको ८ प्रतिशतको इन्सेन्टिभ जतिसक्यो छिटो कार्यविधि बनाएर उपलब्ध गराउनुपर्छ यद्यपी अरु उद्योगीहरुलाई पनि निकासीका लागि हौसला होस् ।”

आरएमसीले करिब एक दशकअघि पनि परीक्षणका रुपमा सिमेन्ट निकासी गरेको थियो ।

प्रकाशित : २६ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह