Logo

कर्पोरेट-बजार

असोज १ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने


GDP नेपाल
   २२ भाद्र २०७९, बुधबार


असोज १ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायी बीच बसेको बैठकले १ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने/गराउने, कोभिड–१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने सहमती भएको छ ।

यस्तै, आश्विन १५ गतेदेखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौ रुटमा यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका टेलर लगायतका ठूला सवारी साधनहरु सञ्चालन गर्न रोक गरिएको छ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह