Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकले डाक्यो साधारण सभा


GDP नेपाल
   २० कार्तिक २०७९, आइतबार


कुमारी बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैठक बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा असोज २१ गते सोमवार बिहान ११ बजे बस्ने भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुंग्याउनेछ ।

सभाले प्रस्तावित कर समेतको १२ दशमलव ५० प्रतिशत नगद लाभांशलाई समेत स्वीकृत गर्नेछ । हाल बैंकको चुक्तापूँजी रू। १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंकसँग मर्जर प्रक्रियामा रहेको यस बैंकले सभामार्फत मर्जरसम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई जिम्मेवारी प्रदान गर्नेछ । सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते एक दिन बुक क्लोज गरेको छ ।

मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि बैंकको शेयर कारोबार भने रोक्का रहेको छ । असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

 

प्रकाशित : २० कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह