Logo

बैंक / बिमा /शेयर

मुक्तिनाथ विकास बैंकद्वारा २६४ जना महिला उद्यमी सम्मानित


GDP नेपाल
   २४ कार्तिक २०७९, बिहिबार


मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।

बैंकले लघु बैंकिङ अन्तर्गत कृषि, पशुपालन तथा साना साना उद्यमहरू संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको हो। बैंकले आर्थिक वर्ष २०७९र०८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा लघु बैंकिङ्ग कार्यक्रममा आबद्ध सदस्यहरुलाई गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको हो।

उक्त कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषीमा ब्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषी कम्पनीका अधिकारीहरुको उपस्थितिमा स्थानिय किसानहरुको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषी पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपायहरु सिकाउने कार्य भएको थियो ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह