Logo

बैंक / बिमा /शेयर

ग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी


GDP नेपाल
   २ मंसिर २०७९, शुक्रबार


ग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने समझदारी पत्रका हस्ताक्षर भएको छ ।

आज बिहीवार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । समझदारीअनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा यस कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्रान्डका बिजुली गाडी खरिद गर्न सहजरूपमा कर्जा प्रवाह गर्नेछ ।

आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि ३ दिनभित्र ग्राहकलाई बैंकले नियमअनुसार सहजरूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ । यो सुविधा ग्लोबल आईएमई बैंकका सबै शाखाबाट उपलब्ध हुनेछ ।

कार्यक्रममा बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाँडे, रिटेल बैंकिङ प्रमुख नरहरि सिलवाल लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याउँदै आएको छ ।

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह