मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.६१ अंकले घटेर दुई हजार १९.९३ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक १७, फाइनान्स ४, होटल तथा पर्यटन ३०, जीवन बीमा २२, उत्पादन २४, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ४४ र अन्य उपसमूह १० अंकले घटेको छ । त्यस्तै, ब्यापार ०.१९ र जलविद्युत् उपसमूह २३ अंकले बढेको छ ।
आज प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै ३.८५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज आधिखोला लघुवित्त, आर्दश लघुवित्त र खप्तड लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २६२ कम्पनीको ३९ लाख ४६ हजार कित्ता सेयर एक अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया