Logo

सेयर बजार

सेयर बजारमा २६ अंकको पहिरो, लघुवित्त समूह राताम्मे


GDP नेपाल
   १२ चैत्र २०७९, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २६.८५ अंकले घटेर एक हजार ८८८.२९ विन्दुमा पुगेको छ ।

बैंकिङ १७, विकास बैंक ५३, फाइनान्स १८, होटल तथा पर्यटन १२, जलविद्युत् २४, जीवन बीमा ८३, उत्पादन ८७, माइक्रोफाइनान्स १३३, निर्जीवन बीमा ९९, ब्यापार ४३ र अन्य उपसमूह ३ अंकले घटेको छ ।

आज जीवन विकास लघुवित्त, जाल्पा सामूदायीक लघुवित्त र यूनिक नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै, महिला लघुवित्त वित्तिय संस्थाको सेयर ९.९५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज माया खोला हाइड्रारेपावर र एशियन हाइड्रोपावरको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यसदिन २५९ कम्पनीका ३७ लाख ५४ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह