Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्ब ३८ करोडको कारोबार


GDP नेपाल
   १३ चैत्र २०७९, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १७.७० अंकले बढेर एक हजार ९०६ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक ७६, फाइनान्स ३२, होटल तथा पर्यटन ४७, जलविद्युत् ४३, जीवन बीमा १९४, उत्पादन ९९, निर्जीवन बीमा १२६, ब्यापार २५ र अन्य उपसमूह १४ अंकले बढेको छ ।

यस्तै, माइक्रोफाइनान्स उपसमूह १७ अंकले घटेको छ । आज सुपर मादी हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिन्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज नेशनल माइक्रोफाइनान्सको सेयर १० प्रतिशतले घटेको छ ।

यसदिन २६१ कम्पनीका ४३ लाख ८ हजार कित्ता सेयर एक अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह