बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १०.८ अंकले घटेर एक हजार ९०८ विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक १५, फाइनान्स १६, जलविद्युत् २०, जीवन बीमा ३४, उत्पादन ३४, माइक्रोफाइनान्स ३२, अन्य १६ र व्यापार उपसमूह ४ अंकले बटेको छ । यस्तै, होटल तथा पर्यटन उपसमूह भने १५ अंक बढेको छ ।
आज सबैभन्दा धेरै आदर्श लघवित्तको सयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २५४ कम्पनीको २७ लाख ५० हजार कित्ता सेयर ८९ करोड ९५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड रुपैयाँको सेयर किनबेच भयो ।
प्रतिक्रिया