Logo

सेयर बजार

सेयर बजार राताम्मे, २० अंकले घट्यो नेप्से


GDP नेपाल
   १९ चैत्र २०७९, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २० अंकले घटेर एक हजार ८८८.५५ विन्दुमा पुगेको छ । पत्याएन सेयर बजारले

बैंकिङ १३, विकास बैंक ४१, फाइनान्स २३, जलविद्युत् ४१, जीवन बीमा ३६, उत्पादन ३५, माइक्रोफाइनान्स ३५, अन्य १०, व्यापार ५४ र होटल तथा पर्यटन उपसमूह १८ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको सेयर साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर झन्डै १० प्रतिशतले बढेको छ ।

यसदिन २६० कम्पनीका ३७ लाख ८७ हजार कित्ता सेयर एक अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह