Logo

सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार, ९२ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   २० चैत्र २०७९, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.६७ अंकले घटेर एक हजार ८७१.८८ विन्दुमा पुगेको छ । 

बैंकिङ ९, विकास बैंक ३४, फाइनान्स १२, होटल तथा पर्यटन १७, जलविद्युत् ३२, जीवन बीमा ४८, उत्पादन ४५, लघुवित्त ३८, निर्जीवन बीमा १०३ र अन्य उपसमूह ८ अंकले घट्यो । यस्तै, ब्यापार उपसमूह भने २५ अंकले बढ्यो ।

आज सबैभन्दा धेरै एसियन हाइड्रोपावरको सेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २६० कम्पनीको २८ लाख २९ हजार कित्ता सेयर ९२ करोड दुई लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको तीन करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह