Logo

सेयर बजार

५ अंकले घटेको सेयर बजारमा ९१ करोडको कारोबार


GDP नेपाल
   २१ चैत्र २०७९, मंगलबार


मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ५.२० अंकले घटेर एक हजार ८६६.६८ विन्दुमा पुगेको छ । 

बैंकिङ ५, जीवन बीमा ८०, उत्पादन ०.७२, निर्जीवन बीमा ११९ र अन्य उपसमूह ४ अंकले घटेको छ । यस्तै, विकास बैंक १०, फाइनान्स २, होटल तथा पर्यटन १७३, जलविद्युत् ४, माइक्रोफाइनान्स ७ र ब्यापार उपसमूह ३ अंकले बढेको छ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यस दिन २६०४कम्पनीको २९ लाख ७१ हजार कित्ता सेयर ९१ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह