Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, ८१ करोडको कारोबार


GDP नेपाल
   २२ चैत्र २०७९, बुधबार


बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढेर एक हजार ८७५.०७ विन्दुमा पुगेको छ । 

बैंकिङ ७, विकास बैंक ३, फाइनान्स ६, होटल तथा पर्यटन ३२, जलविद्युत् १०, जीवन बीमा २९, माइक्रोफाइनान्स २९ र अन्य उपसमूह ३ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमा ४४, उत्पादन ४ र ब्यापार उपसमूह ८ अंकले बढेको छ।

आज सबैभन्दा धेरै कालीञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज न्यादी हाइड्रोपावरको सेयर साढे चार प्रतिशतले घटेको छ ।

यस दिन २६२ कम्पनीको २६ लाख कित्ता सेयर ८१ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ६ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह