बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ८.२८ अंकले बढेर एक हजार ८६६.७९ विन्दुमा पुगेको छ ।
विकास बैंक ४२, फाइनान्स २२, होटल तथा पर्यटन ९, जलविद्युत् २८, जीवन बीमा १८, उत्पादन १९, माइक्रोफाइनान्स १३ र अन्य उपसमूह १० अंकले घटेको छ । यस्तै, बैंकिङ ०.५४, निर्जीवन बीमा १.६९ तथा ब्यापार उपसमूह ४ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको सेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २६९ कम्पनीका २८ लाख ७० हजार कित्ता सेयर ९२ करोड ६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया