Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्ब १५ करोडको कारोबार


GDP नेपाल
   २६ चैत्र २०७९, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २८.३१ अंकले घटेर एक हजार ८३८.४८ विन्दुमा पुगेको छ । 

बैंकिङ १५, विकास बैंक ६१, फाइनान्स २७, होटल तथा पर्यटन ४३, जलविद्युत् ५७, जीवन बीमा १७९, उत्पादन ४९, माइक्रोफाइनान्स ४४, निर्जीवन बीमा १५३, अन्य उपसमूह १७ र ब्यापार उपसमूह २७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मायाखोला जलविद्युत् कम्पनीको सेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २६८ कम्पनीका ३८ लाख ४३ हजार कित्ता सेयर एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट र नबिल बैंकको पाँच करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २६ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह