Logo

सेयर बजार

साढे ५ अंकले बढ्यो सेयर बजार, ९१ करोडको कारोबार


GDP नेपाल
   २७ चैत्र २०७९, सोमबार


सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५.५४ अंकले बढेर एक हजार ८४४.०२ विन्दुमा पुगेको छ । 

बैंकिङ ४, विकास बैंक १८, होटल तथा पर्यटन ५३, जलविद्युत् ५, जीवन बीमा १६, उत्पादन १६, माइक्रोफाइनान्स ६, निर्जीवन बीमा ३१, अन्य उपसमूह ०.५४ र ब्यापार उपसमूह २६ अंकले बढेको छ । यस्तै, फाइनान्स १ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै तमोर हाइड्रोपावर कम्पनी र कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तका सेयर साढे छ प्रतिशतले घटेको छ ।

यस दिन २६१ कम्पनीका २९ लाख ६० हजार कित्ता सेयर ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ८४ लाख र तमोर हाइड्रोपावरको छ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह