Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ९२ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २९ चैत्र २०७९, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ९२.२२ अंकले बढेर एक हजार ९६३.५५ विन्दुमा पुगेको छ । 

बैंकिङ ६६, विकास बैंक १९७, फाइनान्स १०८, होटल तथा पर्यटन ११८, जलविद्युत् १२०, जीवन बीमा ४४२, उत्पादन २१८, माइक्रोफाइनान्स १७२, निर्जीवन बीमा ३४३, अन्य ४७ र ब्यापार उपसमूह ८४ अंकले बढेको छ ।

आज आदर्श लघुवित्त, गणपति लघुवित्त, खप्तड लघुवित्त र कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । यस्तै १० वटा कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ ।

यस दिन २६७ कम्पनीका ६१ लाख सात हजार कित्ता सेयर एक अर्ब ९७ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर ११ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २९ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह