Logo

सेयर बजार

सेयर बजार राताम्मे, २९ अंकले घट्यो नेप्से


GDP नेपाल
   ३० चैत्र २०७९, बिहिबार


बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २९.०७ अंकले घटेर एक हजार ९३४.४७ विन्दुमा पुगेको छ । 

बैंकिङ १९, विकास बैंक ९०, फाइनान्स ३३, होटल तथा पर्यटन २, जलविद्युत् ४६, जीवन बीमा ९३, उत्पादन १०७, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा १२५, अन्य २१ र ब्यापार उपसमूह ३४ अंक घटे ।

आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर झण्डै ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कालिन्चोक दर्शन, आदर्श लघुवित्त र मोलुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २७० कम्पनीको ४९ लाख कित्ता सेयर एक अर्ब ६५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह