Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, ९७ करोडको कारोबार


GDP नेपाल
   ३ बैशाख २०८०, आइतबार


आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.८० अंकले घटेर एक हजार ९३१.६८ विन्दुमा पुगेको छ । 

बैंकिङ ०.१५, होटल तथा पर्यटन १५५, जीवन बीमा ८ र निर्जीवन बीमा १८ अंकले बढेको छ । यस्तै, विकास बैंक १४, फाइनान्स ८, जलविद्युत् १४, उत्पादन २५, माइक्रोफाइनान्स २३, अन्य ६ र ब्यापार उपसमूह २१ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै एसियन हाइड्रोपावर कम्पनीको सेयर झन्डै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज आदर्श लघुवित्त, मोलुङ खोला हाइड्रोपावर र कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २६५ कम्पनीका ३० लाख ५६ हजार कित्ता सेयर ९७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ८९ लाख र एनआईसी एसिया बैंकको तीन करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह