सोमबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २३.६४ अंकले घटेर एक हजार ९०८.०४ विन्दुमा पुगेको छ ।
बैंकिङ १२, होटल तथा पर्यटन ४, जीवन बीमा १४९, निर्जीवन बीमा ५७, विकास बैंक ६६, फाइनान्स २९, जलविद्युत् ३३, उत्पादन ५९, माइक्रोफाइनान्स ५८, अन्य १२ र ब्यापार उपसमूह १७ अंकले घटेको छ ।
आज सनाराईज ब्लूचिप फन्डको सेयर सबैभन्दा धेरै ६.२५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज आदर्श लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यसदिन २६७ कम्पनीका ३१ लाख ४४ हजार कित्ता सेयर ९२ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया