Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, ८७ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   ५ बैशाख २०८०, मंगलबार


मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.०७ अंकले घटेर एक हजार ९०४.९८ विन्दुमा पुगेको छ । 

बैंकिङ ०.०१, विकास बैंक १२, फाइनान्स ६, जलविद्युत् २, जीवन बीमा ११, उत्पादन ४९, माइक्रोफाइनान्स २०, अन्य ०.३६ र ब्यापार उपसमूह १८ अंकले घटेको छ । यस्तै, होटल तथा पर्यटन ४० र निर्जीवन बीमा यपसमूह ५ अंकले बढेको छ ।

आज खप्तड लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज कालिन्चोक दर्शन लिमिटेडेको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २६६ कम्पनीका २९ लाख ७५ हजार कित्ता सेयर ८७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह