Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, ८७ करोडको कारोबार


GDP नेपाल
   ६ बैशाख २०८०, बुधबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १५.१३ अंकले बढेर एक हजार ९२०.१३ विन्दुमा पुगेको छ । 

बैंकिङ ९, विकास बैंक ४४, फाइनान्स १८, होटल तथा पर्यटन १९, जलविद्युत् २२, जीवन बीमा ६३, उत्पादन १५, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ७०, अन्य ६ र ब्यापार उपसमूह २३ अंक बढे ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड, मोलुङखोला हाइड्रो र गुराँस लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज आदर्श लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन २७३ कम्पनीका २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह