बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १५.७३ अंकले घटेर एक हजार ९०४.४० विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ४७, फाइनान्स २४, होटल तथा पर्यटन ७, जलविद्युत् ३२, जीवन बीमा ७६, उत्पादन ४४, माइक्रोफाइनान्स ३९, निर्जीवन बीमा ३५, अन्य १३ र ब्यापार उपसमूह ११ अंक बढे ।
आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड २ र आदर्श लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २६७ कम्पनीका ३२ लाख कित्ता सेयर ९८ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया