Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ८२ करोडको कारोबार


GDP नेपाल
   १० बैशाख २०८०, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १८.८० अंकले घटेर एक हजार ८८५.६० विन्दुमा पुगेको छ । 

बैंकिङ १६, विकास बैंक ३५, फाइनान्स ३२, जलविद्युत् २७, जीवन बीमा ११८, उत्पादन १४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा २९, अन्य १ र ब्यापार उपसमूह ३१ अंकले घटेको छ । यस्तै, होटल तथा पर्यटन उपसमूह ११ अंकले बढेको छ ।

आज सनराईज फोकस्ड इक्विटी फन्डको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सनराईज ब्लूचिप फन्ड, आर्दश लघुवित्त र कालिन्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २६५ कम्पनीका २७ लाख कित्ता सेयर ८२ करोड ८५ लाख रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह