Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, ७५ करोडको कारोबार


GDP नेपाल
   ११ बैशाख २०८०, सोमबार


सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २.७१ अंकले बढेर एक हजार ८८८.३२ विन्दुमा पुगेको छ । 

विकास बैंक २४, फाइनान्स ७, जलविद्युत् ७, जीवन बीमा ८२, उत्पादन २५, माइक्रोफाइनान्स ३, अन्य ४ र ब्यापार उपसमूह ४ अंकले बढेको छ । यस्तै, होटल तथा पर्यटन ६५, बैंकिङ ०.१६ र निर्जीवन बीमा उपसमूह १९ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसदिन २७० कम्पनीका २२ लाख ६० हजार कित्ता सेयर ७५ करोड १३ लाख रुपैयाँमा कारोबार भएको छ । यस्तै, कालिञ्चोक दर्शन लिमिटेडको आठ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह