Logo

सेयर बजार

सेयर बजार १७ अंकले बढ्यो, ८८ करोडको कारोबार


GDP नेपाल
   १२ बैशाख २०८०, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १७.३६ अंकले बढेर एक हजार ९०५.६८ विन्दुमा पुगेको छ । 

बैंकिङ १२, विकास बैंक ५७, फाइनान्स १९, होटल तथा पर्यटन उपसमूह ६६, जलविद्युत् १२, जीवन बीमा ५७, उत्पादन ७९, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ९५, अन्य ६ र ब्यापार उपसमूह १३ अंकले बढेको छ ।

आज तारा गाउँ रिजेन्सी होटलको सेयर सबैभन्दा धेरै ८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सनराईज ब्लूचिप फन्डको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन २६४ कम्पनीका २७ लाख कित्ता सेयर ८८ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह