Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, १३ अंकले घट्यो नेप्से


GDP नेपाल
   १३ बैशाख २०८०, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १३.६८ अंकले घटेर एक हजार ८९२ विन्दुमा पुगेको छ । 

बैंकिङ ७, विकास बैंक ३५, फाइनान्स १२, होटल तथा पर्यटन उपसमूह ४६, जलविद्युत् २०, जीवन बीमा ५६, उत्पादन ३४, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ५०, अन्य ५ र ब्यापार उपसमूह ६ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको सेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज जनउत्थान सामुदायिक लघुवित्तको सेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २६४ कम्पनीको २५ लाख कित्ता सेयर ८४ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह