Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, ७३ करोडको कारोबार


GDP नेपाल
   १४ बैशाख २०८०, बिहिबार


बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.२७ अंकले घटेर एक हजार ८८९.७३ विन्दुमा पुगेको छ । 

विकास बैंक ५, फाइनान्स ८, जलविद्युत् ६, जीवन बीमा १३, उत्पादन ५६, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा ११, अन्य ९ र ब्यापार उपसमूह ०.९ अंकले घटेको छ । यस्तै, बैंकिङ २.९ र होटल तथा पर्यटन उपसमूह ६४ अंक बढेको छ ।

आज सबैभन्दा धेरै युनिलिभर नेपाल सेयर ५.७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावरको सेयर ५ प्रतिशतले बढेको छ ।

यस दिन २६९ कम्पनीको २१ लाख कित्ता सेयर ७३ करोड ९६ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह