आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १९.११ अंकले घटेर एक हजार ८७०.६५ विन्दुमा पुगेको छ ।
बैंकिङ ९, विकास बैंक ४२, फाइनान्स २०, होटल तथा पर्यटन उपसमूह २६, जलविद्युत् ४५, जीवन बीमा ८७, उत्पादन ४१, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ४६, अन्य १८ र ब्यापार उपसमूह ३५ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै एनआइबीएल ग्रोथ फन्डको सेयर झण्डै ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को सेयर ३.३३ प्रतिशतले बढेको छ ।
यस दिन २७१ कम्पनीका ३२ लाख कित्ता सेयर ९५ करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ।
प्रतिक्रिया