Logo

मुख्य समाचार

नयाँ ब्रोकर थपिने प्रक्रिया अघि बढेसँगै १३ वर्षदेखिको लडाइँ पूरा भयोः रौनियार


GDP Nepal
   १८ बैशाख २०८०, सोमबार


काठमाडौं । इन्भेष्टर फोरम नेपालका पूर्वअध्यक्ष छोटेलाल रौनियारले नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अघि बढ्नु सकारात्मक रहेको भन्दै यसले पुराना कम्पनीको एकाधिकार तोडिएको प्रतिक्रिया दिएका छन् ।

नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई ब्रोकर व्यवसाय सञ्चालनका लागि आशयपत्र एलओआई (लेटर अफ इन्टेन्ट) प्रदान गरेसँगै पूर्वअध्यक्ष रौनियारले आफूहरुको १३ वर्षदेखिको लडाईले सार्थकता पाएको टिप्पणी गरे ।

” बोर्डले पहिलो खुड्किला पार गरेको छ । अझै धेरै खुड्किला पार गर्नुपर्ने अवस्था छ । त्यसका लागि बोर्डले धितोपत्र बजार सुधारमा दत्तचित्त भएर काम गर्नुपर्ने देखिन्छ,” रौनियारले भने ।

सेयर कारोबारमा संख्यात्मक तथा परिमाणात्मक वृद्धि भए पनि ब्रोकर संख्या यथावत रहँदा मनोमानी रहेको र लगानीकर्ताले अनावश्यक झन्झट बेहोर्नुपरेको उल्लेख गर्दै रौनियारले यस प्रक्रियालाई बिनाअवरोध अघि बढाउनुपर्ने धारणा राखे ।

ब्रोकर संख्या वृद्धिबाट पुँजी बजारमा स्वच्छ प्रतिस्पर्धा हुने र सेवाग्रााहीले सुलभ रुपमा सेवा पाउने भएकाले बजार थप चलायमान हुने उनको भनाइ छ ।

यसअघि धितोपत्र बोर्डले आवश्यक जाँचबुझ गरी आवश्यक सबै प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई एलओआई दिएको थियो । एलओआई पाएका कम्पनीहरुले अब बोर्डले तोके अनुसार पूर्वाधार विस्तार गर्नेछन् ।

निवेदन दिएका ४६ मध्ये अहिले १६ वटाले एलओआई पाएका हुन् । बाँकी ३० वटा कम्पनीलाई पनि धितोपत्र बोर्डले आवश्यक अध्ययन र जाँचबुझ गरी क्रमशः एलओआई दिंदै जाने जनाएको छ ।

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह