मंगलबार सेयर सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ४.२७ अंकले घटेर एक हजार ८६६.४० विन्दुमा पुगेको छ ।
बैंकिङ १, जलविद्युत् २०, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २६ र ब्यापार उपसमूह ३१ अंकले घटेको छ । यस्तै, विकास बैंक १, फाइनान्स २, होटल तथा पर्यटन उपसमूह १०, जीवन बीमा ३, उत्पादन ९ र अन्य उपसमूह ०.२४ अंकले घटेको छ ।
आज श्वेतगंगा हाइड्रोपावरको सेयर ४.७० अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज आत्मनिर्भर लघुवित्तको सेयर ८.२० अंकले बढेको छ ।
यस दिन २७१ कम्पानीको २३ कित्ता सेयर ६९ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया