Logo

सेयर बजार

९ अंकले घट्यो सेयर बजार, ६२ करोडको कारोबार


GDP नेपाल
   २० बैशाख २०८०, बुधबार


बुधबार सेयर बजार ९ अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से ९.१८ अंकले घटेर एक हजार ८५७.२३ विन्दुमा पुगेको छ । 

बैंकिङ १.९, विकास बैंक ८, फाइनान्स १२.२, होटल तथा पर्यटन ५२, जलविद्युत् २९, जीवन बीमा ५९, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा १४, अन्य १४ र व्यापार उपसमूह ३ अंकले घटेको छ ।

आज साञ्जेन जदविद्युत् कम्पनी, मन्दाकिनी हाइड्रो, पिपुल्स पावर र सगरमाथा जलविद्युत् कम्पनीको सेयर साढे तीन प्रतिशतभन्दा धेरेले घटेको छ । समग्रमा बजार घटे पनि आज आत्मनिर्भर लघुवित्तको सेयर छ प्रतिशतले बढेको छ ।

यसदिन २६५ हकम्पनीका २१ लाख ५५ हजार कित्ता सेयर ६२ करोड दुई लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह