Logo

सेयर बजार

सेयर बजारमा हरियाली, नेप्से १२ अंकले बढ्यो


GDP नेपाल
   २१ बैशाख २०८०, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १२.७३ अंकले बढेर एक हजार ८६९.७३ विन्दुमा पुगेको छ । 

बैंकिङ ४, विकास बैंक २२, फाइनान्स २०, होटल तथा पर्यटन उपसमूह २६, जलविद्युत् २क्ष्, जीवन बीमा ५०, उत्पादन २६, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा १३१, अन्य १२ र ब्यापार उपसमूह १४ अंकले बढेको छ ।

आज लक्ष्मी लघुवित्तको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि आज इस्टर्न हाइड्रोपावरको सेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ ।

यसदिन २७६ कम्पनीका २५ लाख कित्ता सेयर ७३ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको दुई करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह