Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, १९ अंकले घट्यो नेप्से


GDP नेपाल
   २४ बैशाख २०८०, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १९.१२ अंकले घटेर एक हजार ८५०.६१ विन्दुमा पुगेको छ । 

बैंकिङ ९, विकास बैंक ३४, फाइनान्स १९, होटल तथा पर्यटन उपसमूह ६३, जलविद्युत् ४८, जीवन बीमा ४०, उत्पादन ६, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा १०२, अन्य १० र ब्यापार उपसमूह १० अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर झण्डै साढे ८ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि आज आत्मनिर्भर लघुवित्तको सेयर ८ प्रतिशतले बढेको छ।

यसदिन २६३ कम्पनीको २० लाख १५ हजार कित्ता सेयर ६० करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २४ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह