सोमबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १६.९३ अंकले घटेर एक हजार ८३३.६९ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक १३, फाइनान्स १८, होटल तथा पर्यटन ८४, जलविद्युत् ४३, जीवन बीमा १२१, उत्पादन ३०, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा १०६, अन्य ८ र व्यापार उपसमूह १२ अंक घटेको छ ।
आज सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज विन नेपाल लघुवित्तको सेयर आठ प्रतिशतले बढेको छ ।
यसदिन २७० वटा कम्पनीका २८ लाख १० हजार कित्ता सेयर ८२ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया