Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, ७७ करोडको कारोबार


GDP नेपाल
   २६ बैशाख २०८०, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १०.६६ अंकले बढेर एक हजार ८४४.३६ विन्दुमा पुगेको छ । 

बैंकिङ ३, विकास बैंक २८, फाइनान्स ७, होटल तथा पर्यटन ६५, जलविद्युत् २४, जीवन बीमा ७५, उत्पादन ५८, माइक्रोफाइनान्स १०, निर्जीवन बीमा १०, अन्य ३ र व्यापार उपसमूह २ अंक बढेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर साढे छ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि युनिक नेपाल लघुवित्तको सेयर साढे आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन २६९ कम्पनीको २८ लाख ३६ हजार कित्ता सेयर ७७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको छ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २६ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह