Logo

सेयर बजार

आज पनि घट्यो सेयर बजार, ५७ करोडको कारोबार


GDP नेपाल
   २८ बैशाख २०८०, बिहिबार


बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले घटेर एक हजार ८३८.५९ विन्दुमा पुगेको छ । 

विकास बैंक १६, फाइनान्स १०, होटल तथा पर्यटन ७, जलविद्युत् ९, उत्पादन ०.०६, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा २६, अन्य ४ र व्यापार उपसमूह ११ अंक घटेको छ । यस्तै, बैंकिङ ०.६२ र जीवन बीमा १ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तको सेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २५० कम्पनीको २१ लाख कित्ता सेयर ५७ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको तीन करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित : २८ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह