सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले घटेर एक हजार ८१८.३१ विन्दुमा पुगेको छ ।
बैंकिङ ३, होटल तथा पर्यटन १६, जलविद्युत् ५, जीवन बीमा ८, निर्जीवन बीमा ५१, अन्य ७ र व्यापार उपसमूह ६ अंकले घटेको छ । यस्तै, विकास बैंक १०, फाइनान्स १, उत्पादन २२ र माइक्रोफाइनान्स १० अंकले बढेको छ ।
आज सबैभन्दा धेरै सलिको इन्स्योरेन्सको सेयर ६ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज एनआइबीएल ग्रोथ फन्डको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।
यस दिन २६६ कम्पनीको २३ लाख ४१ हजार कित्ता सेयर ७२ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया