Logo

सेयर बजार

नेप्से ३२ अंकले बढ्दा एक अर्ब ४७ करोडको कारोबार


GDP नेपाल
   ४ जेष्ठ २०८०, बिहिबार


बिहिबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ३२.३० अंकले बढेर एक हजार ८७७.३२ विन्दुमा पुगेको छ । 

बैंकिङ १३, विकास बैंक ८७, फाइनान्स ३३, होटल तथा पर्यटन १२८, जलविद्युत् ६४, जीवन बीमा १९४, उत्पादन ४२, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा १४८, अन्य ११ र व्यापार उपसमूह ७४ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज एनआईबीएल ग्रोथ फन्डको सेयर ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन २६४ कम्पनीको ४४ लाख २२ हजार कित्ता सेयर एक अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह