Logo

Sub-banner

भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेजीको माग गर्दै गैससले बुझायो ज्ञापनपत्र


GDP नेपाल
   १२ जेष्ठ २०८०, शुक्रबार


गैर सरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा सिन्धुलीले मुनाफारहित कार्य गर्ने सामाजिक सङ्घ संस्थाले प्राप्त गर्ने अनुदानमा कर नलगाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ ।
 
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालमार्फत अर्थ मन्त्री र कर अधिकृत भावाना चौलागाईमार्फत आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडौँलाई अध्यक्ष खेटराज अधिकारीले ज्ञापनपत्र बुझाउनुभएको हो ।
 
ज्ञापनपत्रमा मुनाफारहित कार्य गर्ने सङ्घ संस्थाहरुको कर, भ्याटका समस्या समाधान गर्न गैससले माग गरेको छ । पछिल्लो चरणमा नेपाल सरकारका आन्तरिक राजस्व कार्यालयबाट सामाजिक संस्थाहरुले प्राप्त गरेको वैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने र संस्थाहरुको आर्थिक वर्षको अन्तिम मौजदातलाई नाफा भनी आयकर समेत लिने खोजिएको उल्लेख छ । साथै 
 
नागरिक सङ्घ सङ्गठनमाथि घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र नेपाली नागरिक सङ्घ संस्थालाई बन्द गर्न खोजेको दाबी गर्दै महासङ्घ नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 
 
मुनाफारहित कार्य गर्ने सामाजिक सङ्घ संस्थाको अनुदानमा कर नलाग्ने विश्वव्यापी र नेपाल सरकारको मान्यता अनुसार सरकारको नीति नियमभित्र रही सरकारको सहयोगीका रुपमा काम गर्ने संस्थाहरुले प्राप्त गरेको लगाउन खोजिएको कर खारेजीको माग गरिएको छ र 
 
विज्ञप्तिमा आर्थिक बर्ष २०८०/८१ को आर्थिक ऐनमा पनि मुनाफारहित सामाजिक सङ्घ संस्थाको आयकर, मूल्य अभिवृद्धि कर, अन्य कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउन नपर्ने वा मिनाहा हुने साथै मुनाफारहित सामाजिक सङघ संस्थाहरु भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरी समस्याको समाधान गर्न अनुरोध गरिएको छ । 
 
नाफा नकमाउने र नबाँड्ने सामाजिक संस्थालाई आयकर ऐन २०५८ को दफा २ (ध) ले कर छुट हुने संस्थाको रुपमा परिभाषित गरेको र २०५९ को नियम २७ बमोजिम कर छुट प्रमाणपत्र समेत लिँदै आएको जानकारी गराएको छ । यस्ता संस्थाहरुले व्यावसायिक संस्था जस्तो आयमुलक व्यवसाय र मूल्य अभिवृद्धि हुने कार्य नगरेका कारण कर खारेजीको माग गरेका हुन् ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह