Logo

सेयर बजार

नेप्से १७ अंकले घट्यो, दुई अर्ब ६३ करोडको कारोबार


GDP नेपाल
   १४ जेष्ठ २०८०, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १७.३८ अंकले घटेर एक हजार ९४१.७४ विन्दुमा पुगेको छ । 

बैंकिङ ५, विकास बैंक ७३, फाइनान्स ३९, होटल तथा पर्यटन ११०, जलविद्युत् ९, जीवन बीमा १९०, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा २५३, व्यापार २ र अन्य उपसमूह १७ अंकले घटेको छ। यस्तै, उत्पादन उपसमूह भने ४९ अंकले बढेको छ ।

आज हिमालयन ऊर्जा विकास कम्पनीको सेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज युनियन इन्स्योरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७० कम्पनीको ७० लाख ५० हजार कित्ता सेयर दुई अर्ब ६३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह