Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ५३ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २१ जेष्ठ २०८०, आइतबार


आइतबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५३.०३ अंकले बढेर एक हजार ९१९.३७ विन्दुमा पुगेको छ । 

बैंकिङ १७, विकास बैंक ११७, फाइनान्स ५२, होटल तथा पर्यटन २७४, जलविद्युत ९१, जीवन बीमा ३४२, उत्पादन १५७, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा ४०७, अन्य ४२ र ब्यापार उपसमूह ८२ अंक बढेको छ ।

आज सबैभन्दा धेरै आइजीआई प्रुडन्सियल इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सामुदायिक लघुवित्तको ९.८, सोल्टी होटलको ९.६, तारागाउा रिजेन्सीको ९.६, माहुली लघुवित्तको ९.१ र ओरियन्टल होटलको सेयर ८.४ प्रतिशतले बढेको छ ।

यस दिन २७० कम्पनीका ४५ लाख ५७ हजार कित्ता सेयर एक अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह